काँग्रेसले रुपन्देहीका १० गाउँपालिकामा टुङ्ग्यायो उम्मेदवार « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

काँग्रेसले रुपन्देहीका १० गाउँपालिकामा टुङ्ग्यायो उम्मेदवार


१२ बैशाख २०७९, सोमबार


बुटवल । नेपाली काँग्रेसले रुपन्देहीका १० गाउँपालिकामा अध्यक्षका उम्मेदवार टुङ्गो लगाएको छ ।

सियारी गाउँपालिकामा थानेश्वर घिमिरे, मायादेवीमा ध्रुवनारायण चौधरी, शुद्धोधनमा विष्णुप्रसाद बस्याल र गैडहवामा वसिउल्लह मुसलमानलाई काँग्रेसले अध्यक्षको उम्मेदवार बनाएको छ ।

यस्तै कञ्चनमा नवराज ढकाल, रोहिणीमा वैजनाथ साहनी, सम्मरीमाईमा विनोद श्रीवास्तव, मर्चवारीमा ज्ञानप्रकाश मिश्रा र कोटहीमाई बलराम यादव उम्मेदवार बन्ने काँग्रेस रुपन्देही सचिव हरि काफ्लेले जानकारी दिए ।

जिल्लाको एक मात्र उपमहानगर पालिका बुटवल र ५ नगरपालिकाको प्रमुखको उम्मेदवार यसअघि नै टुङ्गो लागिसकेको छ ।

जिल्लाका १० गाउँपालिका मध्ये २०७४ सालको स्थानीय तह निर्वाचनमा काँग्रेसले मायादेवीमा मात्रै जितेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस