रुस र युक्रेनसँग वार्ता गर्नुअघि संयुक्त राष्ट्रसङ्घका महासचिव टर्की जाने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रुस र युक्रेनसँग वार्ता गर्नुअघि संयुक्त राष्ट्रसङ्घका महासचिव टर्की जाने


१२ बैशाख २०७९, सोमबार


अङ्कारा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले रुस र युक्रेनबीचको द्वन्द्व समाधानको प्रयासस्वरुप मस्को र कीभमा वार्ता गर्नुअघि सोमबार टर्कीको भ्रमण गर्ने तय भएको छ ।

महासचिवले राजधानी अङ्कारामा टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने टर्कीको विदेश मन्त्रालयले आइतबार उल्लेख छ ।

गुटेर्रेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग क्रमशः अप्रिल २६ र २८ मा भेटवार्ता गर्ने संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले जानकारी गराएका छन् ।

गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले भने, ‘गुटेर्रेस अप्रिल २६ मा मस्को जानुहुनेछ र रुसी विदेश मन्त्री सर्गेई लाभरोभसँग र यसको दुई दिनपछि युक्रेनी विदेश मन्त्री दिमित्रो कुलेबासँग भेटवार्ता गर्नुहुनेछ ।’

उनले युक्रेनी जनतालाई मानवीय सहयोगको लेखाजोखाबारे छलफल गर्ने पनि डुजारिकले बताए ।

अङ्काराको दुवै देशसँग घनिष्ठ सम्बन्ध भएकाले रुस र युक्रेनबीचको द्वन्द्व अन्त्य गर्न टर्कीले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ ।

मार्च महिनामा टर्कीले युक्रेन र रुसका विदेश मन्त्रीहरूको छलफल आयोजना गरेको थियो ।

साथै दुई देशका वार्ता टोलीहरूबीच पनि त्यहीँ बैठक भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस