सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनलाई गत वैशाख १ गते बिहीबार छातीमा असजिलो भएपछि ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

जाँचपश्चात् मूत्र प्रणालीको सङ्क्रमण र मुटुको चालमा समेत गडबडी देखिएकाले उनलाई अस्पताल भर्ना गरिएको किस्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए ।

उनी १० दिनपछि आज (आइतबार) अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

जाँचपश्चात् मूत्र प्रणालीको सङ्क्रमण, मुटुको चाल स्थिर रहेको र श्वासप्रश्वासमा सुधार आएर डिस्चार्ज गरिएको बज्राचार्यले बताए ।

यसअघि पनि उनलाई छाती र पिसाबमा सङ्क्रमण भएर भर्ना गरिएको थियो। उपचारपश्चात् करिब एक हप्तापछि उनी डिस्चार्ज भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस