महानगरका उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महानगरका उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय संसदीय समितिले महानगरपालिकाका उम्मेदवारको अन्तिम टुङ्गो लगाउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

आज (आइतबार)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गठित संसदीय समितिको बैठकले महानगरमा पार्टीको तर्फबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्नेको नाम टुङ्गो लगाउने जिम्मेवारी दिएको हो ।

काँग्रेसले विराटनगर, काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रमुख तथा पोखरा,भरतपुर र वीरगन्ज महानगरपालिकामा उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउन बाँकी छ ।

काँग्रेस शीर्ष नेताहरूको निरन्तरको बैठकले काठमाडौँको मेयरमा सिर्जना सिंहको नाम टुङ्गो लगाए पनि अन्य उम्मेदवारहरू टुङ्ग्याउन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस