बन्दुकधारीको आक्रमणमा परी तीन नाइजेरियाली प्रहरीको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बन्दुकधारीको आक्रमणमा परी तीन नाइजेरियाली प्रहरीको मृत्यु


११ बैशाख २०७९, आइतबार


अबुजा । मध्य नाइजेरियाको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा शनिबार बिहान तीन प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मध्य राज्य कोगीको अदावी स्थानीय सरकार क्षेत्रमा भएको आक्रमणलाई नियन्त्रणमा ल्याउने प्रयास गर्दा प्रहरी अधिकारीहरू मारिएको  राज्यका प्रहरी प्रमुख एडवर्ड एग्बुकाले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सुरक्षा सुविधामा छिर्ने प्रयास गर्दै छिटपुट गोली हानेका बन्दुकधारीहरूले ड्युटीमा रहेका प्रहरीहरूलाई चकित पार्ने गरी आक्रमण गरेको, उनले  बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस