काँग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

काँग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले आज (आइतबार) स्थानीय निकाय निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

काँग्रेसले चुनावी एजेन्डा समेटिएको घोषणापत्र आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सार्वजनिक गर्न लागेको हो ।

महामन्त्री गगन थापाको नेतृत्वमा तयार पारिएको घोषणापत्र लोकतन्त्र दिवसको अवसर पारेर काँग्रेसले सार्वजनिक गर्न लागेको हो ।

नेकपा एमालेले गत शुक्रबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो ।

स्थानीय निकायको निर्वाचन यही वैशाख ३० गते हुँदै छ । आज र भोलि मनोनयन दर्ता छ ।

Tags :
प्रतिक्रिया दिनुहोस