भन्सार छलेको चिनी बरामद « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भन्सार छलेको चिनी बरामद


१० बैशाख २०७९, शनिबार


चिनी

नेपालगन्ज । भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ ।

सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगन्जस्थित बिपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको सो चिनीसहित चार बोरा सुर्तीसमेत बरामद गरिएको छ ।

प्रहरीले भन्सारदेखि कोहलपुर जाने माइक्रोबस र सानो गाडीलाई जाँच गर्दा अवैध सामान बरामद गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस