उम्मेदवार छान्न काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उम्मेदवार छान्न काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


९ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार छान्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

अहिले दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा समितिको बैठक बस्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा उम्मेदवारीबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

प्रवक्ता प्रकाशशरण महतले शुक्रबारको बैठकमा छ वटा महानगरपालिकामा पार्टीका तर्फबाट उठाइने उम्मेदवारका बारेमा छलफल हुने बताए ।

विधानअनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको चयन केन्द्रीय संसदीय समितिमार्फत् गर्नुपर्ने हुन्छ । तर, यसपटक संसदीय समिति नै गठन भएको छैन ।

सभापति देउवाले आकांक्षी धेरै भएपनि संसदीय समिति गठन गर्नुको सट्टा उम्मेदवार चयन गर्ने काम नै कार्यसम्पादन समितिबाट गर्न लागेका हुन् ।

सभापति देउवाले उम्मेदवार चयनबारे बिहीबार बेलुका र शुक्रबार बिहान आफ्नै निवासमा शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस