प्रदेशसभा सदस्यहरूलाई स्थानीय तहको उम्मेदवार नबनाउने एमालेकाे निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेशसभा सदस्यहरूलाई स्थानीय तहको उम्मेदवार नबनाउने एमालेकाे निर्णय


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेले प्रदेशसभा सदस्यहरूलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

बिहीबार बालकोटमा बसेको सचिवालय बैठकले सिफारिस भएर आएका प्रदेशसभा सदस्यहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको हो ।

एमालेको यो निर्णयपछि पोखरा महानगरपालिकाको मेयरमा दाबी गरेका कृष्ण थापा र राजीव पहारी उम्मेदवार बन्न नपाउने भएका छन् । महानगरको मेयरका लागि थापा र पहारीसहित १२ जनाको नाम सिफारिस भएको छ ।

पोखरासहित ६ महानगर र ११ उपमहानगरपालिकाको मेयरका लागि सिफारिस भएको नाम सचिवालय बैठकमा प्रस्तुत भएको छ । सिफारिस भएका नाम प्रस्तुत गर्ने क्रममै प्रदेशसभा सदस्यहरूलाई उम्मेदवार नबनाउने सहमति जुटेको हो ।

तर भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका विजय सुवेदीबारे भने यो निर्णय लागू हुने छैनन् । सुवेदी महानगरको उम्मेदवार बन्ने भएपछि बिहीबार नै बागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस