कतै समस्या परे गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कतै समस्या परे गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ : अध्यक्ष प्रचण्ड


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । सत्तारूढ दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।

आज (बिहीबार) धनगढी पुगेका प्रचण्डले कहिँकतै (पालिकामा) गठबन्धनभित्र समस्या परेमा स्वस्थ्य र मित्रतापूर्ण प्रतिस्पर्धा हुने बताएका हुन् ।

‘समस्या परेमा त्यस्तो ठाउँमा गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुन सक्छ भनेका छौँ । तर, त्यस्तो भन्नुको तात्पर्य गठबन्धनभित्रको प्रतिस्पर्धामा प्राथमिकता दिने भनिएको होइन । प्राथमिकता तालमेलमा हो,’ उनले भने, ‘तर, समस्या कहिँकतै पर्‍यो भने समस्या परेको ठाउँमा मित्रतापूर्ण ढङ्गले प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा नै हो ।

उनले महानगर र उपमहानगरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा तालमेल हुने उनले जानकारी गराए ।

‘गठबन्धनभित्र तालमेलमा अधिकतम जोड गर्ने, जसरी केन्द्रमा महानगर र उपमहानगरपालिकामा सहमतिका आधारमा तालमेल गरेका छौँ,’ उनले भने, ‘त्यही मर्म र भावनालाई आत्मसाथ गरेर देशैभर तालमेल र गठबन्धन गर्ने भनेर भनेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस