बेल्जियम र हल्यान्डका कूटनीतिज्ञलाई दुई साताभित्र देश छाड्न रुसको अल्टिमेटम « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बेल्जियम र हल्यान्डका कूटनीतिज्ञलाई दुई साताभित्र देश छाड्न रुसको अल्टिमेटम


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । रुसले युरोपेली युनियनमा आबद्ध दुई राष्ट्रका ३६ कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने निर्णय गरेको छ ।

रुसी विदेश मन्त्रालयले २१ बेल्जियम र १५ हल्यान्ड्सका कूटनीतिज्ञहरूलाई ‘पर्सना नन ग्रेटा’ जारी गरेको छ ।

उनीहरूलाई देश छाड्न दुई साताको समय दिइएको छ ।

मस्कोले लक्जमवर्गका राजदूतलाई बोलाएर आफ्ना राजदूतलाई देश निकाला गरेको विषयमा विरोध जनाएको गरेको छ ।

त्यसको बदलामा लक्जमवर्गका राजदूतलाई देश निकालाको निर्णय गर्न सक्ने रुसले चेतावनी दिएको छ ।

युक्रेनमाथि रुसी हमलाको आलोचना भइरहेका बेला यो महिना रुस र ईयूका केही राष्ट्रले एक अर्का देशका राजदूतलाई निकाला गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस