हेटौँडामा सत्ता गठबन्धनबाट मेयरमा लामा र पोखरेलकाे दाबी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हेटौँडामा सत्ता गठबन्धनबाट मेयरमा लामा र पोखरेलकाे दाबी


७ बैशाख २०७९, बुधबार


काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट दुई जना दाबेदार देखा परेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारुढ गठबन्धनमा हेटौँडा उपमहानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाउने सहमति भइसकेको छ ।

एकीकृत समाजवादीका नेताहरूका अनुसार मेयरको उम्मेदवारमा श्रीधर पोखरेल वा मिना लामाको सम्भावना बढी छ ।

हेटौँडाको राजनीति बुझ्नेहरू मेयर निर्वाचित हुन काँग्रेस मतदाताको विश्वास जित्ने र एमालेको भोट काट्न सक्नुपर्ने बताउँछन् । यसका लागि समन्वयकारी भूमिकामा पोखरेल उपयुक्त हुन सक्ने उनी पक्षका नेताहरू बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस