हावाहुरी र पानी पर्दा पोखरा दिउँसै अन्धकार ! « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

हावाहुरी र पानी पर्दा पोखरा दिउँसै अन्धकार !


६ बैशाख २०७९, मंगलबार


पोखरा । पोखरामा मंगलबार पानी पर्दा दिउँसै अन्धकार भएको छ । मंगलबार दिउँसो साँढे ३ बजेपछि भएको हावाहुरी र वर्षाका कारण दिउँसै अन्धकार भएको हो ।

पश्चिमी वायुको साथै स्थानिय वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ । वर्षासँगै पोखरामा दिउँसै अँध्यारो हुँदा सवारी साधनहरु हेडलाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु विच बाटोमा नै रोकिएका छन् ।

यस्तै दिउँसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महशुस गरिएको छ । पोखराको पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९.४ सेल्सियस मापन गरिएको छ । २०६७ सालमा वैशाख २९ गते पोखरामा दिउँसै अँध्यारो भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस