महादेवा गाउँपालिकाका अध्यक्ष जसपा छाडेर काँग्रेसमा प्रवेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महादेवा गाउँपालिकाका अध्यक्ष जसपा छाडेर काँग्रेसमा प्रवेश


६ बैशाख २०७९, मंगलबार


जनकपुरधाम । सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष दीपक कुमार यादव जनता समाजवादी पार्टी (जसपा) छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मङ्गलवार काँग्रेसको राजविराजस्थित कार्यालयमा आएर उनी काँग्रेस प्रवेश गरेका हुन् ।

तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित यादव पछिल्लो समय जसपामा आबद्ध थिए । उनी जसपाका प्रदेश समिति सदस्य थिए ।

यादवलाई काँग्रेस केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला सभापति रामदेव साह लगायतले पार्टी प्रवेश गराए ।

कार्यक्रममा महादेवा गाउँपालिका ३ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव, वडा नम्बर ८ का वडाध्यक्ष कौशल कुमार दास, राजविराज नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुदर्शन सिंह पनि काँग्रेसमा प्रवेश गरेको जिल्ला उपसभापतिले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस