निलम्बित अधिकारीको रिटमाथि आज सुनुवाइ हुँदै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

निलम्बित अधिकारीको रिटमाथि आज सुनुवाइ हुँदै


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि सर्वोच्च अदालतमा आज (मंगलबार) प्रारम्भिक सुनुवाइ हुँदै छ ।

सो रिट सुनुवाइका लागि आज न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेसी तोकिएको छ ।

आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैर कानुनी ढङ्गले जाँचबुझ आयोग गठन गरेको तथा आयोगमा उनको परिवारका सदस्य तथा पार्टी सदस्यहरू राखेको भन्दै अधिकारीले सो प्रक्रिया नै खारेजीको माग गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले आफूलाई सहयोग नगरेको र अति गोप्य सूचना बाहिर पठाएको भन्दै चैत २४ गते मन्त्रिपरिषद् बैठकमार्फत गभर्नर अधिकारीलाई निलम्बन गराएका थिए ।

अधिकारीमाथि जाँचबुझका लागि सर्वोच्चका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा न्यायिक समिति बनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस