आयोगको प्रस्ताव : निर्वाचनको मौन अवधिभर मदिरा बिक्रीमा बन्देज लगाऔँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आयोगको प्रस्ताव : निर्वाचनको मौन अवधिभर मदिरा बिक्रीमा बन्देज लगाऔँ


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनको मौन अवधि सुरु भएदेखि नसकिँदासम्म मदिराजन्य पदार्थको बिक्री वितरणमा बन्देज लगाउन प्रस्ताव गरेको बताएका छन् ।

पत्रकारहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले राजनीतिक दलबीच उक्त प्रस्ताव गरिएको जानकारी दिएका हुन् ।

‘मौन अवधि भनेको सबै जना चुप लागौँ भन्ने हो तर हामीकहाँ मौन अवधिमै सबैभन्दा धेरै चलखेल भएको पाइन्छ’, प्रमुख आयुक्त थपलियाले भने, ‘त्यस्तो चलखेलमा मदिरा मुख्य कारक हो भन्ने लागेर मौन अवधिका बेला देशभर मदिरा बिक्री वितरण नगर्न–नगराउन हामीले प्रस्ताव गरेका छौँ ।’

निर्वाचनमा मौन अवधि मतदान सकिनुपूर्वको ४८ घण्टा हुन्छ । थपलियाले घण्टामा मदिराभन्दा लोकतन्त्रको स्वाद मीठो हुने भन्दै भने– ४८ घण्टाको मदिराको स्वादभन्दा लोकतन्त्र र जनमतको स्वाद महत्त्वपूर्ण हो, त्यसैले उक्त अवधिमा मदिरा बिक्री वितरणमा बन्देज लगाउनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस