श्रीलङ्काका राष्ट्रपति राजापाक्षेले गरे नयाँ मन्त्रिपरिषद् गठन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

श्रीलङ्काका राष्ट्रपति राजापाक्षेले गरे नयाँ मन्त्रिपरिषद् गठन


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । चरम आर्थिक सङ्कट बेहोरिरहेको श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । नयाँ मन्त्रिपरिषदमा १७ मन्त्री थपिएका हुन् ।

सरकार विरोधी आन्दोलनका कारण वैशाखको पहिलो साता नै पुरै मन्त्रिपरिषद्ले राजीनामा दिएको थियो। राजापाक्षेले नयाँ सरकार गठनका लागि विपक्षी दलसँग सहयोग मागे पनि सबैले अस्वीकार गरेका थिए ।

विदेशी मुद्रा सञ्चितिको ह्रासका कारण श्रीलङ्कामा ठुलो मात्रामा विद्युत् कटौती भएको छ र खाद्यान्न, औषधि र इन्धनको अभाव छ । जसका कारण श्रीलङ्काका जनताले राष्ट्रपति राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलङ्काले सबैभन्दा ठुलो आर्थिक सङ्कटको सामना गरिरहेको छ।

नयाँ मन्त्रिपरिषद् गठन गर्ने राष्ट्रपतिको निर्णयको विपक्षी दलहरूले विरोध गरेका छन् । विपक्षीले अनुभवविहीनलाई मन्त्री बनाएको उनीहरूले आरोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस