जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुग्यो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुग्यो


५ बैशाख २०७९, सोमबार


वालिङ । स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए ।

अन्य पाँच जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका हुन् ।

मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका कारण अहिले गाउँ शोकमा डुबेको छ ।

वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग१ज ७३९९ नंको जीप आइतबार बिहान फिरफिरेमा दुर्घटनामा परेको थियो ।

जीप ग्रामीण कच्ची सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो ।

सम्बन्धित समाचार : स्याङ्जामा जीप दुर्घटना, ४ जना अचेत

सम्बन्धित समाचार : स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस