स्याङ्जामा जीप दुर्घटना, ४ जना अचेत « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

स्याङ्जामा जीप दुर्घटना, ४ जना अचेत


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो ।

दुर्घटना स्थलबाट चार जनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ ।

दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन । थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार रहेको खुलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस