जसपा अध्यक्षद्वय भट्टराई र यादवलाई भेटे प्रचण्डले « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

जसपा अध्यक्षद्वय भट्टराई र यादवलाई भेटे प्रचण्डले


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ ।

आइतबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ३ नेताबिच बिहान ११स्४५ देखि १२स्२० सम्म सामूहिक रूपमा छलफल भएको हो ।

छलफलपछि नेताहरू सिंहदरवारबाट सँगसँगै बाहिरिएका थिए । भेटपछि जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए । तर श्रोतले भने स्थानीय तहको निर्वाचनमा तालमेलको विषयमा उनीहरूबिच छलफल भएको जनाएको छ ।

सत्तारूढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूबिच बसेको बैठकले सबै स्थानीय तहमा तालमेलबारे सहमति जुटाउन असम्भव देखिएपछि प्रचण्डले छलफलका लागि अध्यक्षद्वय भट्टराई र यादवलाई बोलाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस