शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैँडाकोटको जनक माविमा आन्दोलन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैँडाकोटको जनक माविमा आन्दोलन


४ बैशाख २०७९, आइतबार


चितवन । नवलपरासीको गैँडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिँदा विद्यालय परिसर तनावग्रस्त भएको छ ।

कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले संवेदनशील अङ्गमा छुने, अश्लील भिडियोहरू देखाउने गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले विद्यालय तोडफोड गरेका प्रहरीले जनाएको छ ।

विद्यार्थीहरूले विद्यालय नजिक रहेका दुई वटा मोटरसाइकलमा आगजनी गरिदिएका छन् । प्रहरीले पक्रेका शिक्षकलाई प्रहरीले लुकाउन खोजेको भन्दै बिद्यार्थीहरुले ढुंगामुढा गर्दा ६ जना प्रहरीसमेत घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

विद्यार्थीहरूले शिक्षकलाई राखेकै कोठामा पुगेर आक्रमण गर्न थालेपछि प्रहरीले हवाई फायरसमेत गरेको छ । विद्यार्थीहरूलाई लाठीचार्ज गरेर तितरबितर बनाउने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीमाथि नै आक्रमण भएपछि थप सुरक्षाकर्मी मागिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस