भरतपुरमा काँग्रेस कार्यकर्ताले दिए सामूहिक राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भरतपुरमा काँग्रेस कार्यकर्ताले दिए सामूहिक राजीनामा


३ बैशाख २०७९, शनिबार


चितवन । भरतपुर महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको विरोधमा वडा नम्बर १७ का ५० जना काँग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् ।

बेलुवा टोलमा शनिवार भेला गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहित ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।

प्रकाश कँडेलको संयोजकत्वमा भएको भेलाले काँग्रेसबाट राजीनामा दिए पनि देश र जनहितको कामका लागि सधैँ उपस्थित रहने निर्णय गरेको छ । राजीनामा दिएका सबैले हस्ताक्षर समेत गरेका छन् ।

राजीनामा दिएकाहरूले काँग्रेस नेतृत्वमाथि विभिन्न आरोपहरू समेत लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस