तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण, चीनको अन्तरिक्ष यात्रामा अर्को सफलता « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण, चीनको अन्तरिक्ष यात्रामा अर्को सफलता


३ बैशाख २०७९, शनिबार


बेइजिङ । चीनको नयाँ अन्तरिक्ष स्टेसनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गरेका छन् ।

यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिसनमा सफलता हो । अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्त्वाकाङ्क्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ ।

विश्वको दोस्रो ठुलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरिक्ष कार्यक्रममा अरबौँको बजेट राखेको छ ।

चीनले संयुक्त राज्य अमेरिका र रुसलाई भेट्न निकै लामो यात्रा गरेको छ, जसका अन्तरिक्ष यात्री तथा अन्तरिक्षयात्रीहरूको अन्तरिक्ष अन्वेषणमा दशकौँको अनुभव छ ।

सन् १९५७ मा सोभियत सङ्घले स्पुतनिक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष तथा राष्ट्रपति माओ त्सेतुङले ‘हामी (चिनियाँ) हरूले पनि भूउपग्रह बनाउनेछौँ ।

यसको लागि एक दशकभन्दा बढी समय लाग्यो तर सन् १९७० मा चीनले लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो।

मानव अन्तरिक्ष उडानको लागि दशकौँ लागे पनि सन् २००३ मा पहिलो चिनियाँ ‘ताइकोनट’ बन्न याङ लिवेइ सफल भएका थिए ।

प्रक्षेपण नजिकिँदै जाँदा, मिसनको क्षमताबारेको चिन्ताले बेइजिङले अन्तिम क्षणमा प्रत्यक्ष टेलिभिजन प्रसारण रद्द गरेको भन्ने भनाइहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यद्यपि, चिन्ताबीच चिनियाँ मिसन जारी भयो । याङले शेन्झाउ–५ मा २१ घण्टे उडानको दौडान १४ पटक पृथ्वीको परिक्रमा गरेका थिए । चीनले त्यस बेलादेखि सात वटा चालक दलका मिसनहरू सुरु गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस