जेरुसेलममा शान्त रहन राष्ट्रसङ्घका महासचिवको आह्वान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जेरुसेलममा शान्त रहन राष्ट्रसङ्घका महासचिवको आह्वान


३ बैशाख २०७९, शनिबार


न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले शुक्रबार जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास गर्न आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार प्यालेस्टाइनीहरूको इजरायली प्रहरी बलसँग झडप हुँदा १०० जना भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

यसै बीच मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेनेस्ल्यान्डले स्थिति शान्त पार्न प्रमुख क्षेत्रीय साझेदारहरू र पक्षहरूसँग नजिकको सम्पर्कमा कायम राखेका छन् ।

गुटर्रेसले संयुक्त राष्ट्रसङ्घका सान्दर्भिक प्रस्ताव, अन्तर्राष्ट्रिय कानुन र द्विपक्षीय सम्झौताको आधारमा द्वन्द्व समाधान गर्न प्यालेस्टिनी र इजरायलीहरूलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको विज्ञप्तिमा जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस