‘गठबन्धन घ्यू बेचुवा र तरबार बेचुवाको सौदाबाजी मात्रै’ : विष्णु रिजाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘गठबन्धन घ्यू बेचुवा र तरबार बेचुवाको सौदाबाजी मात्रै’ : विष्णु रिजाल


३ बैशाख २०७९, शनिबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सत्ता घटक पाँच दलको गठबन्धनलाई ‘गठबन्धन घ्यू बेचुवा र तरबार बेचुवाको सौदाबाजी मात्रै’ भनेका छन् ।

आगामी स्थानीय तहको चुनावमा समेत गठबन्धन गरेर जाने निर्णय गरेकोप्रति लक्षित गर्दै रिजालले सामाजिक सञ्जाल ट्विटरमा यस्तो टिप्पणी गरेका हुन् ।

पाँचतिर फर्केका र पाँच वटा चुनाव चिह्न बोकेर नेकपा (एमाले)का विरुद्धमा मोर्चा बनाएका पाँच दलको गठबन्धन घ्यू बेचुवा र तरबार बेचुवाबिचको सौदाबाजी मात्र हो’, उनले भनेका छन्, ‘स्वार्थ, आशङ्का र प्रतिशोधको जगमा खडा भएको यो ‘ढोडको लौरो’लाई परस्त गर्न हाम्रो बलियो सङ्गठन, दृढ नेतृत्व, अपूर्व सक्रियता र जनताको अपार माया पर्याप्त हुन्छ ।’

पछिल्ला दिनमा भागबन्डा नमिलेका कारण गठबन्धनभित्र गडबड बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस