प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा पोखरेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा पोखरेल


२ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेललाई नियुक्त गरेको छ ।

प्रदेश सरकारले प्युठानको ओखरकोट निवासी पोखरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यस अघि नियुक्त कार्यकारी निर्देशक अनन्तराज घिमिरेले केही दिन अघि राजीनामा दिएपछि उक्त पद रिक्त थियो । पोखरेललाई गत चैत २५ गते नियुक्त गरेको हो ।

पोखरेललाई शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस