पोखरा महानगरमा एमालेको उम्मेदवार छान्न चुनाव नहुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पोखरा महानगरमा एमालेको उम्मेदवार छान्न चुनाव नहुने


२ बैशाख २०७९, शुक्रबार


कास्की । पोखरा महानगर प्रमुख छान्न नेकपा एमाले नगर कमिटीले शुक्रबार तय गरेको आन्तरिक निर्वाचन नहुने भएको छ ।

तोकिएको भन्दा बढी आकाङ्क्षी भएपछि महानगर प्रमुख र उपप्रमुख छनोट गर्न मतदानबाटै उम्मेदवार छान्ने प्रक्रिया सुरु भएको थियो ।

तर, सर्वसम्मत रूपमा अघि बढ्ने गरी आवेदन दिएका सबै उम्मेदवारलाई नै सिफारिस गर्ने महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए ।

उनले भने, ‘निर्वाचनको तयारी भए पनि अन्तिम समयमा नगर्ने बरु सर्वसम्मतिबाटै सबैको नाम सिफारिस गर्ने सहमति भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस