युद्धका कारण उत्पन्न भएका असरहरु घटाउने काममा लाग्न राष्ट्रसङ्घीय महासचिवको आग्रह « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

युद्धका कारण उत्पन्न भएका असरहरु घटाउने काममा लाग्न राष्ट्रसङ्घीय महासचिवको आग्रह


२ बैशाख २०७९, शुक्रबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरु घटाउने काममा लाग्न आग्रह गरेका छन् ।

उनले हाल विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको र त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिकहरु लाग्नुपर्ने अवस्था रहेको बताएका छन् ।

उनले हाल यी दुई देशको युद्धका कारण खास गरी खाद्यान्न, इन्धन तथा वित्त प्रणाली पनि असर परिरहेको बताएका छन्।

यी दुई देशको युद्धका कारण संसारका विभिन्न देशहरु र विशेष गरी विकासशील देशहरुमा यस्तो असर परिरहेको छ ।

कतिपय स्थानमा यसको प्रत्यक्ष असर परेको र अन्य कतिपय स्थानमा यस युद्धको असर भनेर सिर्जना गरिएको पनि उनले बताएका छन् ।

महासचिव गुटर्रेसले संसारका कतिपय देशहरुमा रुस युक्रेन युद्धका कारण असर गरिरहेकाले त्यसलाई कम गर्नका लागि विश्वव्यापी रुपमा प्रयास हुनु जरुरी रहेकोमा जोड दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस