काँग्रेसबाट ललितपुरको मेयरमा सात जना सिफारिस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेसबाट ललितपुरको मेयरमा सात जना सिफारिस


२ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ ।

काँग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरिबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्व सभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।

नगर सभापति शुभाननले मेयरका लागि सात जनाको नाम सिफारिस गरेर प्रदेशमा पठाइएको बताए । अब प्रदेशले नाम केन्द्रमा पठाउनेछ। काँग्रेस विधानअनुसार महानगरको उम्मेदवार केन्द्रीय संसदीय समितिले तय गर्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस