आइभोरी कोस्टका प्रधानमन्त्री बर्खास्त, नयाँ सरकार अर्को हप्ता बन्ने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आइभोरी कोस्टका प्रधानमन्त्री बर्खास्त, नयाँ सरकार अर्को हप्ता बन्ने


१ बैशाख २०७९, बिहिबार


 अबिदजान । आइभोरी कोस्टका प्रधानमन्त्रीलाई बुधबार पदबाट बर्खास्त गरिएको छ । 

नयाँ प्रधानमन्त्री नियुक्त गरी नयाँ सरकार भने अर्को हप्ता मात्रै गठन हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् ।  

राष्ट्रपति अलासान औताराले नयाँ सरकार गठनको गृहकार्य सुरु भइसकेको र अर्को हप्तासम्ममा गठन हुने उल्लेख गरे ।

‘वर्तमान प्रधानमन्त्री जिम्मेवारीमुक्त हुनुभएको छ, अर्को हप्ता नयाँ सुव्यवस्थित सरकार बन्ने छ,’ उनले भने ।  

उनले नयाँ सरकार गठनका लागि आफू समक्ष प्रस्ताव पेस गर्न पनि सबैलाई आह्वान गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस