एनआरएनएसँग अर्थमन्त्री शर्माको आग्रह : नेपाली बैङ्कमा डलर खाता खोल्नुस्, अर्थतन्त्र सुध्रन्छ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एनआरएनएसँग अर्थमन्त्री शर्माको आग्रह : नेपाली बैङ्कमा डलर खाता खोल्नुस्, अर्थतन्त्र सुध्रन्छ


१ बैशाख २०७९, बिहिबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैङ्कमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताएका हुन् ।

‘१ लाख एनआरएनले १० हजार डलरका दरले खाता खोलिदिनुस् । बैङ्कहरूमा तरलताको अभावमा मद्दत नै पुग्ला,’ अर्थमन्त्री शर्माले आग्रह गरे ।

‘६–७ महिनाको वस्तु र सेवा किन्ने विदेशी मुद्रा छ । राष्ट्र बैङ्कले हिजो मात्रै प्रकाशित गरेको प्रतिवेदन अनुसार ९ अर्ब ५८ करोड डलर छ,’ उनले भने, ‘पेट्रोलको मूल्य वृद्धि हुँदा लाखौँ डलर बाहिर पठाउनु परेको छ ।’

विदेशमा रहेका नेपालीलाई पनि फाइदा होस् भन्ने हेतुले डलर खाताका लागि नीतिगत प्रक्रिया पूरा गरेको मन्त्री शर्माले बताए ।

डलर खातामा भएको रकम सहज रुपमा फिर्ता लिन मिल्ने बनाइसकेको उनले बताए । ‘एनआरएनमा सङ्गठितलाई मात्रै होइन । नेपाली भन्ने कुनै पनि विवरण पेस गर्दा खाता खोल्न पाइने गरी व्यवस्था गरेका छौँ । यसमा एनआरएनएले सहजीकरण गरिदियोस् भन्ने हाम्रो आग्रह हो,’ मन्त्री शर्माले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस