जीप दुर्घटना : मृतकको संख्या ३ पुग्यो « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

जीप दुर्घटना : मृतकको संख्या ३ पुग्यो


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका-६ हर्कपुरमा आज (बुधवार) बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा प्रहरी जवान रूपक विष्टको मृत्यु भएको हो। यसअघि हवलदार भूपेन्द्र कार्की र जवान मनिक राजवंशीको मृत्यु भएको हो ।

८ जना प्रहरी बोकेर ओखलढुङ्गाबाट विराटनगर जाँदै गरेको जीपअनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

घाइते ६ जनामध्ये एक जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने ५ जनाको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको ओखलढुङ्गा प्रहरी प्रमुख शुकदेव खनालले जानकारी दिए ।

दुर्घटनामा प्रहरी निरीक्षक ऋषिराज ढकालसहित घाइते भएका छन् । हतियार मर्मतका लागि गाडी विराटनगर गइरहेको थियो । ढकाल भने सरुवा भएर जाँदै थिए ।

घाइते ढकालले गाडी पल्टने बेलामा जालीमा अड्किएपछि बाहिर निस्किएर खबर गरेको बताएका छन् ।

सम्बन्धित समाचार : ओखलढुङ्गामा प्रहरी सवार जीप दुर्घटना , दुई जनाको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस