निर्वाचन सार्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष ओली « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

निर्वाचन सार्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष ओली


३० चैत्र २०७८, बुधबार


विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

आज (बुधबार) मोरङको विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘स्थानीय तहको निर्वाचन नगर्न षड्यन्त्र भइरहेको छ । यस्ता षड्यन्त्रलाई अदालतले पनि मान्नु हुँदैन, निर्वाचन अयोगले पनि मान्न हुँदैन ।

उनले देश टाट उल्टिने अवस्थातर्फ गएको समेत बताएका छन् । देशको अर्थतन्त्र अत्यन्त भयावह अवस्थातर्फ गइरहेको भन्दै उनले भने, ‘हाम्रै अगाडि श्रीलङ्काको उदाहरण छँदै छ । श्रीलङ्का अत्यन्त अप्ठ्यारो अवस्थामा पुगेको छ, नेपाल त्यता जाँदैन भन्न सकिँदैन ।’ यस्तो अवस्थामा पाँच दलीय गठबन्धनले भने देशलाई अझ अस्थिरतातिर लैजाने षड्यन्त्र गरिरहेको ओलीको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस