तोलामा ८ सय रुपैयाँले बढ्यो सुन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

तोलामा ८ सय रुपैयाँले बढ्यो सुन


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो (सोमबार) तोलामा एक लाख एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (मंगलबार) एक लाख ९ सय रुपैयाँ पुगेको छ ।

यस्तै तेजाबी सुनको मूल्य एक लाख ५४ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन सोमबार ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार चाँदीको प्रतितोला मूल्य १३ सय ८० रुपैयाँ छ । चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस