देश श्रीलङ्का बन्छ भन्नु अफवाह : अर्थमन्त्री शर्मा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

देश श्रीलङ्का बन्छ भन्नु अफवाह : अर्थमन्त्री शर्मा


२८ चैत्र २०७८, सोमबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलङ्का बन्छ भन्नु अफवाह भएको बताएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले बृद्धभत्ता समेत दिन नसक्ने भनेर गरिएको दाबी अफवाह मात्र भएको बताए ।

आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले देश श्रीलङ्का हुने र सरकारले बृद्धभत्ता समेत दिन नसक्ने आउने दाबी गरेका थिए ।

अर्थमन्त्री शर्माले ओलीको नाम नलिई भने, ‘विदेशी पानी खाएर हुर्किएर केही नागरिकको कुरा सुन्ने हो भने वृद्ध भत्ता पनि दिन नसक्ने,’ भन्न सकिन्छ । तर चुनावका लागि सबै तयारी गरेका छौँ, बजेटको व्यवस्था गरेका छौँ, जुन लिन चाहिन्छ, त्यही दिन भुक्तानी दिने सुनिश्चितता गरेका छौँ ।’

तर अवाफहहरुलाई जोडेर देश श्रीलङ्का हुन्छ भन्नेतिर लैजान खोजिएको भन्दै मन्त्री शर्माले भने, ‘यो राष्ट्रघात हो । श्रीलङ्का बनाउन किन चासो भइरहेको छ ? अचम्म लाग्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस