राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत


२८ चैत्र २०७८, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैर आवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा अस्ट्रिया, हङ्गेरी, अर्जेन्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूत क्रमशः क्याथरिना विजर, आन्द्रेस लाज्लो किराली, ह्युगो हाभियर गोबी, क्यामरुन डीन म्याके र डेभिड पुइगले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । उनीहरू सबै जना भारतका लागि तत् देशका आवासीय राजदूत छन् र नयाँदिल्लीबाटै नेपाल मामिला समाल्छन् ।

त्यस अवसरमा परराष्ट्र मन्त्री डा। नारायण खड्का, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस