शाङ्घाईमा कोभिड सङ्क्रमणबाट निको भई ११ हजारभन्दा बढी बिरामी अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

शाङ्घाईमा कोभिड सङ्क्रमणबाट निको भई ११ हजारभन्दा बढी बिरामी अस्पतालबाट डिस्चार्ज


२८ चैत्र २०७८, सोमबार


शाङ्घाई । आइतबारसम्ममा शाङ्घाईमा कोभिड–१९ सङ्क्रमित ११ हजारभन्दा बढी मानिसहरू निको भई अस्पतालबाट घर फर्केका छन् ।

उनीहरूलाई चिकित्सकको प्रत्यक्ष निगरानी आवश्यक नभएको भन्दै शाङ्घाईका विभिन्न अस्पतालबाट घर पठाइएको स्थानीय अधिकारीहरूले आइतबार बताए ।

उनीहरूले घर मै स्वास्थ्य निगरानी जारी राख्न सक्ने नगरपालिकाको स्वास्थ्य आयोगले बताएको छ ।

यस सहरमा सङ्क्रमण नियन्त्रणका लागि अत्यधिक व्यक्तिमा सबै न्युक्लिक एसिड परीक्षण गर्ने र यसका अधीनस्थ क्षेत्रहरूको विभिन्न जोखिम ग्रेड अनुसार सम्बन्धित कोभिड–१९ रोकथाम र नियन्त्रण उपायहरू कार्यान्वयन गर्ने बताएको छ ।

शाङ्घाईले आफ्नो स्क्रिनिङ कार्यलाई सहज बनाउन ‘न्युक्लिक एसिड कोड’ पनि अपडेट गरेको छ । यो कोड सञ्जालमा जडान बिना दोहोर्याएर प्रयोग गर्न सकिन्छ र सङ्क्रमण भएको वा नभएको पुष्टिका लागि ‘स्क्रिनसट’ देखाउन सकिन्छ ।

परिवारका सदस्यहरूले आफ्ना छोराछोरी र वृद्धहरूको सवालमा उक्त कोडको लागि आवेदन दिन सक्छन् ।

विदेशीहरूले आफ्नो पासपोर्ट प्रयोग गरेर न्युक्लिक एसिड परीक्षणको लागि वेभसाइटमा दर्ता गर्न सक्छन् वा अनलाइन कोडको लागि आवेदन गर्न सक्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस