ट्रम्पले आगामी अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ट्रम्पले आगामी अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने


२७ चैत्र २०७८, आइतबार


वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिन सक्ने बताएका छन् । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन ।

‘सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितेँ, मैले पहिलो पटक भन्दा दोस्रो पटक धेरै राम्रो गरेँ। र अब हामीले यो फेरि दौडमा भाग लिनुपर्ने हुन सक्छ,’ उनले भने ।

‘के यहाँ कोही छ जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छ ?’ सेल्मा, उत्तरी क्यारोलिनामा शनिबारको र्‍यालीमा ट्रम्पले आफ्ना समर्थकहरूलाई प्रतिप्रश्न गरे ।

ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ‘एकपछि अर्को अपमानजनक आत्मसमर्पण’ गरेको आरोप लगाएका छन् । ट्रम्पले अमेरिकासँग सबैभन्दा बलियो आणविक क्षमता भएको पनि औँल्याए ।

मार्चको अन्त्यमा ट्रम्पले फक्स बिजनेसलाई भनेका थिए यदि उनी अहिले पनि राष्ट्रपति भइरहेको भए रुसलाई आणविक पनडुब्बीको धम्की दिने थिए ।

यस महिनाको सुरुमा द हिलले रिपोर्ट गरेको पोल डाटाले ट्रम्प सन् २०२४ को काल्पनिक राष्ट्रपति अभियान म्याचअपमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दुवै भन्दा अगाडि भएको देखाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस