अर्थमन्त्री शर्माले राष्ट्र बैङ्कको स्वायत्ततामाथि हस्तक्षेप गरे : विष्णु पौडेल « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

अर्थमन्त्री शर्माले राष्ट्र बैङ्कको स्वायत्ततामाथि हस्तक्षेप गरे : विष्णु पौडेल


२७ चैत्र २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैङ्कको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताएका छन् ।

उनले राष्ट्र बैङ्क स्वायत्त निकाय हो भन्दै अर्थमन्त्रीले मन्त्रालय अधीनको अङ्गजस्तो ठानेको आरोप लगाए ।

‘राष्ट्र बैङ्कलाई मन्त्रालय अधीनको अङ्गको रुपमा व्यवहार गरियो, गभर्नरलाई मातहतका सचिव वा सहसचिवलाई झैँ चलाउन खोजियो, राष्ट्र बैङ्कको स्वायत्ततामा हस्तक्षेप गरियो’ पौडेलले भने ।

सरकारले राष्ट्र बैङ्कलाई मौद्रिक नीति ल्याउन र आवश्यकता अनुसार परिमार्जन गर्न पनि रोक लगाएको पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले बताए ।

सरकारले राष्ट्र बैङ्कमाथि गरेको हस्तक्षेपकै कारण अहिले मुलुकको आर्थिक अवस्था कमजोर भएको उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस