स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ : नेपाल « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ : नेपाल


२५ चैत्र २०७८, शुक्रबार


कलैया । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाइने बताए । उनले स्थानीय तहमा गठबन्धन गरिने उल्लेख गरे ।

बाराको कलैयामा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकार नागरिकलाई अमन चयन दिलाउने दिशामा अग्रसर भई शान्ति र सुव्यवस्था कायम गर्दै अगाडि बढिरहेको प्रस्ट पारे ।

निर्धारित समयमा निर्वाचन हुनेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।

नागरिकता विधेयक सदनमा कानुनको अभावमा अड्किरहेको अध्यक्ष नेपालले बताए । राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन पारित गर्ने दिशामा प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श भइरहेको उल्लेख गर्दै उनले चाडै नै सो विधेयक पारित हुने धारणा राखे ।

कार्यक्रममा समाजवादी पार्टीका नेता नगेन्द्र चौधरी, दिनेश राई, सुन्दर विश्वकर्मालगायत सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस