२० देशमा राजदूत सिफारिस, चीनमा विष्णुपुकार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२० देशमा राजदूत सिफारिस, चीनमा विष्णुपुकार


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञबाट गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।

चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ सिफारिसमा परेका छन् ।

राजनीतितर्फ

१. विष्णुपुकार श्रेष्ठ– चीन

२. दानबहादुर तामाङ– दक्षिण अफ्रिका

३. शर्मिला पराजुली ढकाल– स्पेन

४. वासुदेव मिश्र– श्रीलंका

५. मिलन तुलाधर– रूस

६. कैलाश पोखरेल– अस्ट्रेलिया

७. डिल्लीराज पौडेल– मलेसिया

८. कान्ता रिजाल– इजरायल

९. ज्योति प्याकुरेल– दक्षिण कोरिया

१०. रामसुरज राय यादव– डेनमार्क

११. नवराज सुवेदी– साउदी अरब

१२. नरेशविक्रम ढकाल– कतार

कूटनीतितर्फ

१. घनश्याम भण्डारी– बंगलादेश

२. सुशीलकुमार लम्साल– इजिप्ट

३. भरतकुमार रेग्मी– भियना, राष्ट्रसंघीय स्थायी नियोग

४. निर्मलराज काफ्ले– ब्राजिल

५. दुर्गाबहादुर सुवेदी– जापान

६. तीर्थराज वाग्ले– म्यानमार

७. हरिश्चन्द्र घिमिरे– बहराइन

८. डोरनाथ अर्याल– ओमन

Tags :
प्रतिक्रिया दिनुहोस