श्रीलङ्काली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरूको समूह नियुक्त « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

श्रीलङ्काली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरूको समूह नियुक्त


२४ चैत्र २०७८, बिहिबार


कोलम्बो । श्रीलङ्काली राष्ट्रपति गोटबाया राजपाक्छेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन् ।

श्रीलङ्काली राष्ट्रपतिको कार्यालयले बिहीबार प्रकाशन गरेको एक विज्ञप्ति सो कुरा जनाइएको छ । पछिल्लो समयमा श्रीलङ्कामा आर्थिक सङ्कट परेको छ । सो सङ्कटको समाधानका लागि उहाँले यो समूह नियुक्त गरेका हुन् ।

पछिल्ला केही दिनमा आर्थिक सङ्कटमा फसेको श्रीलङ्काका राष्ट्रपतिले सो बुधबार राति सो विज्ञ समूह गठन गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । सो समूहमा श्रीलङ्काको केन्द्रीय बैङ्कका पूर्व गभर्नर, विश्व बैङ्कका पूर्व प्रमुख अर्थशास्त्री र आइएमएफका पूर्व निर्देशक रहेका छन् । उनीहरूले श्रीलङ्काली राष्ट्रपतिसँग यस विषयमा छलफल पनि गरिरहेका छन् ।

हाल आर्थिक सङ्कटमा फसेको श्रीलङ्काका अर्थमन्त्रीले पनि यसअघि नै राजीनामा दिएका छन् । त्यसै गरी अन्य मन्त्रीहरूले पनि श्रीलङ्काली राष्ट्रपतिसमक्ष सामूहिक राजीनामा दिएका छन् । श्रीलङ्काको आर्थिक क्षेत्रका यी विज्ञहरूको सुझाव र सल्लाहबाट यस देशले आफूलाई आर्थिक सङ्कटबाट बाहिर निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्ने बताइएको छ ।

श्रीलङ्का आर्थिक सङ्कटमा फसेकाले यसको विकास र उद्धारका लागि विभिन्न उपायहरूको खोजी गरिरहेका बेला श्रीलङ्काली राष्ट्रपतिले नियुक्त गरेका यी विज्ञहरूबाट थप सहयोग पुग्ने अपेक्षा गरिएको यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस