अक्षर भन्दा तस्बिरले धेरै बोल्ने: मन्त्री भुसाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अक्षर भन्दा तस्बिरले धेरै बोल्ने: मन्त्री भुसाल


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अक्षरभन्दा तस्बिरले नै धेरै बोल्ने बताएकी छन् ।

नेपाल पर्यटन बोर्डमा आयोजित राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एकल फोटो प्रदर्शनी आज अवलोकन गर्दै उनले अक्षरले एउटा कोणबाट मनन गर्ने विषयलाई तस्बिरले धेरै कोणबाट व्याख्या र विश्लेषण गर्ने बताएकी हुन् ।

चैत २२ देखि सुरु भएको प्रदर्शनीमा विशेष गरी मध्यपुरथिमि र भक्तपुर नगरपालिकामा मनाइने ऐतिहासिक बिस्का जात्राको पृष्ठभूमिलाई केन्द्रबिन्दुमा राखेर सङ्कलन गरिएका तस्बिर रहेको चर्चा गर्दै मन्त्री भुसालले यसबाट सम्पदा र संस्कृतिको संरक्षण र पुस्तान्तरणमा परम्पराको जगेर्ना हुने बताइन् ।

प्रदर्शनीमा १०० भन्दा धेरै फोटो राखिएका छन् । ती फोटाले नेवार समुदायको कला र सांस्कृतिक सिर्जनामा शिल्प भरेको छ । नेवार जातिले मनाउने विभिन्न भोजभतेर र चाडपर्वमा बजाइने थरिथरिका नृत्य एवं बाजा, विभिन्न समयमा पूजा गरिने देवी तथा देवताको महिमालाई तस्बिरका माध्यमबाट सजिलै बुझ्न सकिन्छ ।

यसअघि फोटो पत्रकार श्रेष्ठले देश भित्र र बाहिरसमेत देशका विभिन्न स्थानमा सयम–समयमा भएका घटना, परिवेश र संस्कृतिका एकल फोटो प्रदर्शनी गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस