सरकारले पुँजीगत खर्च गर्न सकेन : पूर्व अर्थमन्त्री महत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारले पुँजीगत खर्च गर्न सकेन : पूर्व अर्थमन्त्री महत


२४ चैत्र २०७८, बिहिबार


संघीय संरचना

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको र यस्तो बेला सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका हुन् ।

अनुपयुक्त रूपमा नेपालमा बजेट धेरै ठुलो घोषणा गर्ने काम भएको भन्दै महतले टिप्पणी गरे । चालु आर्थिक वर्षमा १६ खर्बको बजेट रहेको र गएको ७ महिनाको रिपोर्ट हेर्दा जम्मा ५ खर्ब मात्रै खर्च भएको तथ्याङ्क रहेको महतले बताए ।

उनले विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स पनि कम भएको र विकास आयोजनाहरुको सही तवरले कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

आर्थिक विकासको लागि आर्थिक वृद्धिदर बढाउनुपर्ने महतको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस