चक्कु आक्रमण गरी इरानी मुस्लिम धर्मगुरुको हत्या, अन्य दुई घाइते « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

चक्कु आक्रमण गरी इरानी मुस्लिम धर्मगुरुको हत्या, अन्य दुई घाइते


२३ चैत्र २०७८, बुधबार


चक्कु प्रहार

तेहरान । एक आक्रमणकारीले मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको यहाँको प्रहरीले पुष्टि गरेको छ ।

उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको बताइएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलिभिजनले उल्लेख गरेको छ ।

खोरासन रजावी प्रान्तका गभर्नर याग्होब–अली नाजारीले इरानी टेलिभिजनसँग भने, ‘एक व्यक्तिले तीन जना शिया धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको छ । घटनामा अरु दुई जना घाइते भएका छन् ।’ आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस