चोभार सुक्खा बन्दरगाह सञ्चालनमा ,प्रधानमन्त्रीद्वारा उद्घाटन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चोभार सुक्खा बन्दरगाह सञ्चालनमा ,प्रधानमन्त्रीद्वारा उद्घाटन


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । । चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (मंगलबार) औपचारिक रुपमा बन्दरगाह सञ्चालनको उद्घाटन गरे ।

वीरगन्जबाट आएको मालवाहक ट्रकलाई प्रवेश गराएर बन्दरगाह सञ्चालनको आरम्भ गरिएको छ ।

अब व्यवसायीले आयात गरेका वस्तु बन्दरगाह भन्सार कार्यालयबाट जाँच पास गराउन पाउने भएका छन् ।

सीमास्थित भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी अब सिधै चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा जाँच पास गर्न सकिनेछ ।

सीमाबाट बन्दरगाह भन्सारसम्म महानिर्देशकले तोके बमोजिमको सडक मार्गबाट सामान लैजान आन्तरिक परिवहनको सुविधा दिइनेछ ।

सुविधा लिन चाहने पैठारीकर्ताले प्रणालीबाटै फारम मुद्रण गरी सीमास्थित भन्सार कार्यालयका अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

बन्दरगाह नहुँदा सडक–सडकबाटै भन्सार जाँच पास हुने गरेको थियो । अब मालवाहक सबै सवारीसाधन बन्दरगाहभित्र आउँछन्, दर्ता गर्छन्, पार्किङमा जान्छन्, आवश्यक परे तिनले गोदामसमेत प्रयोग गर्छन् । भन्सार प्रक्रिया सुरु हुन्छ, सामानको जाँच पास हुन्छ । भन्सार क्लियर भएपछि मालवाहक गाडी बन्दरगाह परिसरबाट बाहिर निस्कन्छन् । भन्सार प्रयोजनका लागि सुव्यवस्थित हिसाबले प्रक्रिया पूरा गर्न बन्दरगाह निर्माण गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस