दीपेन्द्रको टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दीपेन्द्रको टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । क्रिकेटर दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पपुवा न्यूगिनीविरुद्धको त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनल खेलमा २१ रन जोडेसँगै दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका हुन् । उनले १३औँ ओभरमा २१ रन जोडेका थिए ।

उनले ३९ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै एक हजार रन जोडेका हुन् । दीपेन्द्रले यस क्रममा १ शतक र ४ अर्ध शतक समेत प्रहार गरेका छन् ।

उनले यही शृङ्खलाबाटै पूर्व कप्तान पारस खड्काको नाममा रहेको सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय रनको कीर्तिमान तोडेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस