‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन ओलीको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन ओलीको आग्रह


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन आग्रह गरेका छन् ।

एमालेको जनसङ्गठन राष्ट्रिय बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनले राष्ट्रको समृद्धि र राष्ट्रिय हित चिताउने तथा जनताको सेवाका लागि समर्पित हुन आह्वान गरे ।

पूर्व प्रधानमन्त्री ओलीले राजनीतिलाई आर्थिक नाफाको विषय बनाउने र व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नेहरूले देश बनाउन नसक्ने दाबी गर्दै एमाले समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गराउने अभियानमा आफ्नो पार्टी प्रतिबद्ध रहने बताए ।

अध्यक्ष ओलीले आसन्न स्थानीय तहको निर्वाचनका लागि सक्रियतापूर्वक लागेर एमालेका उम्मेदवारलाई विजयी बनाउन बुद्धिजीवीहरूलाई आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस