चट्याङ लागेर युवकको मृत्यु « प्रशासन
Logo ३१ जेष्ठ २०८१, बिहिबार
   

चट्याङ लागेर युवकको मृत्यु


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासा टोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिवार बेलुका करिब साढे ८ बजेतिर चट्याङ लाग्दा स्थानीय २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो । उनी पालिका स्तरीय भलिबल खेलाडी पनि हुन् ।

चट्याङ लागेपछि उनलाई तेल्लोक प्राथमिक उपचार केन्द्रमा पुर्‍याइएको र स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस