प्रधानमन्त्री देउवाले उठाए सीमा विवादको मुद्दा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री देउवाले उठाए सीमा विवादको मुद्दा


१९ चैत्र २०७८, शनिबार


नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएका छन् । प्रधानमन्त्री देउवाले नेपाल–भारतबिचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीसँग कुरा गरेको उल्लेख गरेका हुन् ।

हैदराबाद हाउसमा शनिवार भएको द्विपक्षीय भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने,भारतीय प्रधानमन्त्री मोदी र आफूले सीमा विषयका बारेमा छलफल गरेको र आफूले मोदीलाई उक्त विषयलाई द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह बताएका छन् ।

पछिल्लो समय सीमा विवादका कारणले दुई मुलुकबीचसमस्या समाधानको लागि पटक–पटक पहल भए पनि अघि बढ्न सकेको छैन । मोदीकै नेपाल भ्रमणका दौरान सन् २०१४ मा सबैभन्दा बढी विवादमा रहेको कालापानी क्षेत्र र सुस्ता क्षेत्रका लागि वार्ता गर्नको लागि परराष्ट्र सचिव स्तरीय संयन्त्र बनेपछि अहिलेसम्म बैठक बस्न सकेको छैन ।

भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको मानसरोवर जाने सडक बनाएपछि दुई देशबिचको कूटनीतिक सम्बन्ध चिसिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस